कोलम्बो । एसियाली विकास बैंक (एडीबी) ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानीमार्फत श्रीलंकाको पर्यटन क्षेत्रलाई सहयोग गर्न १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
सिन्ह्वाका अनुसार यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिँदै उत्पादन विकास व्यापार प्रवर्द्धन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको । जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ । यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन,व्यापार तथा पर्यटन प्रवर्द्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडीबीले जनाएको छ ।
यस कार्यक्रमले समुद्री पर्यटनलगायतका क्षेत्रहरूलाई प्रर्र्वन गरी नयाँ गन्तव्यहरू खोलेर, पर्यटकहरूको बसाइ तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।
सन् २०२५मा श्रीलंकामा पर्यटक आगमन सन् २०१८को स्तरमा फर्किएको बताउँदै श्रीलंकाका लागि एडीबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तरभन्दा तल रहेको बताएका छन् । ‘उपयुक्त नीति र संस्थागत सुधार, पूर्वाधार वृद्धि, आन्तरिक र बाह्य चुनौतीहरुविरुद्ध सुधार गरेर पर्यटन समावेशी आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने उनले उल्लेख गरेका छन् ।