काठमाडौं भदौ १२
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३५ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ४८ लाख ५६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ करोड ३४ लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा १४ करोड ११ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ६९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ७४ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३९ लाख २६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९४ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाले १० करोड ६३ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ रकोड ६७ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड छ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २८ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ७० प्रतिशत रहेको थियो ।