सोलुखुम्बु । सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो पाइएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा कुनै यात्रु नरहेको र पाइलटलाई सकुशल उद्धार गरिएको छ। उक्त हेलिकप्टर काठमाडौंबाट उद्धारका लागि सोलुखुम्बु गएको थियो। दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।