मनाङ । मनाङको जनजीवन भारी हिमपातपछि प्रभावित बनेको छ । बिहानैदेखि सुरक्षा निकाय हिउँमा फसेका पर्यटकको उद्धारमा प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ ।
हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । “फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ”, उनले भन । े
उनले तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको बताए । उनले पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि जानकारी दिए ।
स्थानीय पर्यटन व्यवसायीले केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन् ।