काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) पुन खुम्चिएको छ । अघिल्लो दिन ६२ दशमलव २९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंंथो कारोबार दिन आज बुधबार पाँच दशमलव १७ अंकले ओरालो लागेर २५ सय ६६ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले ओरालो लागेर चार सय ४७ दशमलव ४१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा तीन सय २१ वटा कम्पनीहरुको ५० हजार चार सय ८७ पटकको कारोबारमा एक करोड १५ लाख एक हजार दुई सय ८४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार छ सय ८१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लाग्दा होटल तथा पर्यटन, व्यापार, जलबिद्युत र लघुवित्त उपसमुहको सुचक उकालो लागेका छन् ।