काठमाडौं , नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग छुट्टै छलफल गरेका छन्। केन्द्रीय समिति बैठकको अघिल्लो दिन ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा आयोजित बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिब ७५ जना सहभागी थिए। छलफलमा पार्टीले आगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुने रणनीति बनाउने निष्कर्ष निकालिएको बताइएको छ। सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकी छन्। त्यसपछि खड्काले आफ्ना निकटका नेताहरूसँग पार्टी रणनीति र चुनाव तयारीका विषयमा वार्ता गर्दै आएका छन्। यसैबीच, पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्। केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोकेको कारण इतरपक्षले बेग्लै बैठक राख्ने तयारी गरेको छ।