काठमाडौं । इक्रा नेपालले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको पछिल्लोपटक बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ४७ दशमलव ३१ प्रतिशत (कर सहित) का दरले हुन आउने तीन करोड ४० लाख ६४ हजार दुई सय १९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्वन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निक्षेप कम्पनीको आगामी मंसिरको पहिलो साता हुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले सञ्चालक समितिको निर्वाचन गर्ने, गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन पारित र चालू आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न पीकेएफ टीआर उपाध्याय एन्ड कम्पनीलाई नियुक्त र पारिश्रमिक निर्धारणलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।