काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुले स्काई वाक टावरमा छुट पाउने भएका छन् । बैंकका अनुसार वन्डर्स नेपाल प्रालिले सञ्चालन गरिरहेको कमलादीको स्काई वाक टावरमा बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका हुन । बैंक र कम्पनीबीच २५ प्रतिशत छुट दिने सम्झौता भएको हो । उक्त टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा सो छुट पाइनेछ ।
बैकका अनुसार यो सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त कम्पनीसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।