हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही मंसिर चार गते काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्नेलगायतका एजेन्डाहरु पारित गर्ने तयारी गरेको छ ।