काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको खुद नाफा आंशिकरुपमा खुम्चिएको छ । संस्थाले गत आर्थिक वर्षमा २५ करोड ४० लाख १७ हजार दुई सय नौ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले ३० करोड १९ लाख ४२ हजार आठ सय १३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ३९ करोड ७७ लाख ६४ हजार दुई सय ७२ रुपैयाँ रहेको छ । संस्थाले गत आवमा छ अर्ब ४५ करोड ९९ लाख एक हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड ८३ लाख २९ हजार छ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४३ करोड ४७ लाख२४ हजार सात सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले गत आवमा भने छ अर्ब १४ करोड १२ लाख ७९ हजार नौ सय ५० रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड २० लाख ३९ हजार चार सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड १६ लाख ९७ हजार ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।