काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको खुद नाफा उत्साहजनक देखिएको छ । संस्थाले गत आर्थिक वर्षमा एक करोड ३० लाख ३४ हजार पाँच सय ६६ रुपैैयाँ खुद नाफा कमाएको छ । संस्थाले अघिल्लो आवमा भने ७८ लाख ९२ हजार एक सय २० रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाले गत आवमा एक अर्ब नौ करोड ६२ लाख ४८ हजार चार सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २९ करोड ४० लाख २७ हजार दुई सय चार रुपैयाँ कर्जा लगानी गरेको छ ।
उक्त अवधिमा १० करोड एक लाख २२ हजार एक सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा भने ९८ करोड ७८ लाख ७५ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड ५९ लाख ४४ हजार दुई सय ६२ रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा आठ करोड ४५ लाख ६१ हजार एक सय ८० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव चार प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।