काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी रहेका दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सीईओ मनोज कुमार लाल कर्णले राजीनामा दिएपछि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका दाहाललाई कामु प्रमुख कार्यकारीलाई नियुक्त गरिएको थियो ।