नियमित महाधिवेशन गर्न दबाब दिँदै नेपाली कांग्रेसका युवाहरूले ‘कांग्रेस सुधार अभियान (Under 14)’ सञ्चालन गरेका छन्।अभियानअन्तर्गत उनीहरूले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा रहेको सुरक्षा घेरा तोड्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा पार्टी कार्यालयको मुख्य गेटमा तालाबन्दी समेत गरिएको छ।युवाहरूले “नियमित महाधिवेशन गर”, “युवाको प्रतिनिधित्व सुनिश्चित गर” जस्ता नाराबाजी गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।यसअघि ‘जेनजी आन्दोलन’का क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि सानेपामा सुरक्षाकर्मीको संख्या बढाइएको थियो। तर, आजको प्रदर्शनमा पनि युवाहरूले कडा विरोध प्रदर्शन गरेपछि सुरक्षाकर्मीलाई सतर्कता अपनाउनुपरेको छ।कांग्रेसभित्रको यो आन्दोलनले पार्टीभित्रको नेतृत्व प्रणाली र युवा सहभागिताको विषयमा पुनः बहस सुरु गराएको छ।