काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंंकले उकालो लागेको छ । साताको पहिलो दिन आज आईतबार बजार परिसुचक नेप्से ३० दशमलव ७५ अंकले उकालो लागेर २६ सय ३१ दशमलव १४ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले उकालो लागेर चार सय ५७ दशमलव २२ बिन्दुमा चढेको छ । आज तीन सय १९ वटा कम्पनीहरुको ६८ हजार एक सय १२ पटकको कारोबारमा दुई करोड ९७ लाख ३८ हजार एक सय ३९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल नौं अर्ब २० करोड ३१ लाख ४६ हजार चार सय २९ रुपैंयाँको शेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ४२ दशमलव ५८ अंकले ओरालो लागेर ३७ सय ९४ दशमलव ६८ बिन्दुमा खुम्चिएपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।