पछिल्लो समयमा कम्पनीहरूको वार्षिक साधारणसभाहरूमा केही नक्कली सेयरधनी र केही नक्कली अनलाइन पत्रकारहरूको चर्चा हुनेगरेका छन् । त्यसो त पब्लिक लिमिटेड कम्पनीहरूले गर्ने वार्षिक तथा विशेष साधारणसभाहरूमा विभिन्न चर्चाहरू हुनेगरेका छन् । पब्लिक लिमिटेड कम्पनीहरूले एक आर्थिक वर्ष समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र सभा गर्न नसकेमा जरिमाना समेत तिर्नुपर्ने हुन्छ । त्यसो त नियमितरुपमा हुनेगरेका वार्षिक साधारणसभाहरू र विशेष साधारणसभा पनि हुनेगरेका छन् । खासगरी तत्काल अपरझट केही निर्णयहरू गर्न प¥यो भने विशेष साधारणसभा बोलाउने गरेका छन् कम्पनीहरूले । त्यसो त वार्षिक साधारणसभा होस् वा विशेष साधारणसभा होस् सेयरधनीहरूको बाक्लो उपस्थिति हुनेगरेका छन् । भने केही पत्रकारहरूको पनि देखिने गरेका छन् कतिपय सेयरधनीहरूको भनाइमा यस्तो सभाहरूमा नक्कली अनलाइनका केही पत्रकारहरू पनि देखिने गरेका बताउँछन् भने यस्ता केही पत्रकारहरूले कम्पनीसँग रकम माग्ने गरेका पनि चर्चाहरू भल्ने गरेका छन् सभाहरूमा । त्यसो त वार्षिक साधारणसभाहरूलाई सेयरधनीहरूले उत्सवको रुपमा पनि लिने गरेका छन् भन्दा पनि फरक नपर्ला । त्यस दिन सेयरधनीहरूको जमघट हुने उत्सवको लिनको रुपमा पनि लिने गरेका छन् सेयरधनीहरूले । त्यसो त वार्षिक साधारणसभाको महत्व हुन्छ । कम्पनीले समीक्षा अवधिमा भए गरेका कामहरू गतिविधिहरूको र कम्पनीहरूको प्रस्ताव एजेन्डाहरूको छलफल गरी सभामा उपस्थित सेयरधनीहरूको बहुमतले पारित गर्न पर्दछ । त्यसपछि मात्र लागू हुने गर्दछन् र साधारणसभाहरू सेयरधनीहरूको लागि पनि महत्वको हुने गरेका छन् । कम्पनीले दिने लाभांश पनि साधारणसधाबाट बहुमतले पारित भएपछि मात्र सेयरधनीहरूले पाउने गर्छ । त्यसो त वार्षिक साधारणसभाहरूमा उपस्थित हुने सेयरधनीहरूको बारेमा विभिन्न चर्चाहरू पनि चल्ने गरेका छन् । साधारणसभामा कम्पनीको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन प्रस्ताव एजेन्डाहरूमाथि सेयरधनीहरूले पनि आ–आफ्नो विचारहरू राख्ने गर्नेगरेका छन् । यिनीहरूलाई कतिपय सर्वसाधारण सेयरधनीहरूले केही कम्पनीहरूले समेत भीआईपी सेयरधनीहरू भनेर भन्ने गरेका छन् । पछिल्लो समयमा भीआईपी भनिने सेयरधनीहरूको संख्या बढ्दै छ भन्दा पनि फरक नपर्ला । गएको जेठ महिनामा भए गरेको एउटा रि–इन्स्योरेन्सको साधारणसभामा २७ जना सेयरधनीहरूले बोलेको भन्ने चर्चा छ, सायद साधारणसभाको इतिहासमा यति धेरै वक्ताहरूले बोलेको यही पहिलो हो कि भन्ने पनि चर्चा छ । आखिर २÷३ घण्टा लाइनमा पालो कुरेर किन बोल्ने गर्छन् त यिनीहरूले ? बोलेका कुराको सुनुवाइ पनि हुँदैन । यसमा कतिपयले प्रश्न पनि उठाउने गरेका छन् । त्यसो त कतिपय सेयरधनीहरू र जानकारहरूको भनाइमा साधारणसभामा बोल्ने सेयरधनीहरूलाई कम्पनीले रकम दिने गरेको पनि चर्चाहरू नचलेको भने होइन । यस कारणले पनि सभामा बोल्नेहरूको ताँती लाग्ने गरेको जानकारहरू बताउँछन् । यसबारेमा सबैजसो साधारणसभाहरूमा सेयरधनीहरूबीच चर्चा हुनेगरेका छन् ।
त्यसो त कतिपय सेयरधनीहरूको भनाइमा पछिल्लो समयमा वार्षिक साधारणसभाहरूमा नक्कली सेयरधनीहरू पनि बढेको जस्तो देखिएको बताउँछन् । साधारणसभामा अरुको नाम र डिम्याट आईडी लिएर साधारणसभामा भाग लिने नक्कली सेयरधनीहरूलाई शरणार्थी सेयरधनीहरूको संज्ञा दिएका छन् केही सेयरधनीहरूले । यसबारेमा साधारणसधामा नाम रजिस्टर्ड गर्ने कम्पनीका कर्मचारीहरूले पनि यस्ता सेयरधनीहरू आउने गरेको बताउँछन् । कतिपयले सेयरधनीहरूले त २÷३ पल्ट पनि हाजिर गर्न आउने बताउँछन् भने केहीसँग त विवाद समेत हुने गरेको बताउँछन् सरोकारवालाहरू । त्यसो त वार्षिक साधारणसभाहरूमा भाग लिन आउने सेयरधनीहरूले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउनुपर्ने नियम छ तर यसलाई अनिवार्य भने गरेका छैनन् । पछिलो समयमा साधारणसभामा भाग लिन आउने सर्वसाधारण सेयरधनीहरूलाई परिचयपत्र अनिवार्य गर्नुपर्ने देखिएका छन् भनेर पनि केही सेयरधनीहरूले बताउने गरेका छन् । त्यसो त केही सेयरधनीहरूको भनाइमा अरुको नाम र डिम्याट नम्बर प्रयोग गरेर साधारणसभामा भाग लिने गरेकोले कतिपय अवस्थामा हुलमुल हुने सभामा अस्तव्यस्त हुनेगरेका बताउँछन् जानकारहरू । अधिकांश सेयरधनीहरूको भनाइमा साधारणसभामा बोल्ने सेयरधनीहरूलाई कम्पनीले दिने गरेको भनिने रकम बन्द गर्नुपर्ने र साधारणसभामा भाग लिन आउने सेयरधनीहरूलाई अनिवार्य परिचयपत्र लागू गर्नुपर्ने बताउँछन् कतिपय सेयरधनीहरू ।
पछिल्लो समयमा सेयरबजारप्रति धेरैको आकर्षण बढिरहेका देखिन्छ । फुटपाथे व्यापारीदेखि विद्यार्थी, शिक्षक, व्यापारी गृहणीदेखि कम्पनीहरूको समेत आकर्षण बढेको देखिन्छ । पछिल्लो समयमा डिम्याट खातामा आबद्ध हुनेहरूको सख्या ६८ लाखभन्दा बढी भइसकेको सम्बन्धित सरोकारवालाहरू बताउँछन् । त्यसो त सेयरधनीहरूको वार्षिक साधारणसभाहरूमा आकर्षण बढ्ने पनि स्वाभाविक नै मान्न पर्ने हुन्छ । पछिल्लो समयमा वार्षिक र विशेष साधारणसभाहरूमा उपस्थित हुनेहरूको संख्या विगतमा भन्दा धेरै बढेको जानकारहरू बताउँछन् ।