काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको यही कात्तिक १४ गते बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक वेंकट वंसीधर कुंचालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसहमतिबाट चयन गरेको छ ।
अध्यक्ष वेंकट वंसीधर कुंचा, एसबीआईको मुम्बइस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रहेका छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नेछन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष श्री वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराए ।