काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट प्राप्त हुने भएको छ । यस सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको छ । योसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, साधारण श्यया शुल्कमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, शल्यचिकित्सा उपचारमा १५ प्रतिशत, प्याथोलजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलजिकल सर्भिसहरुमा १५ प्रतिशत (सीटी र एमआरआईबाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।