धनगढी । स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित कैलाली प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको लखिमपुर खिरीस्थित पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता पक्राउ परेका छन् । उनीहरु युपी ३१ सिएन ११७५ नम्बरको कारमा आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको बताए । उनले पक्राउ परेका दुवैलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।