काठमाण्डौ, देशको लागि वलिदानी दिने भन्ने त पुरानै आख्यान हो । वदलिदो समयक्रमसंगै निहित स्वार्थ पूर्तिका लागि पार्टि, नेता र नेतृत्वको लागि वलिदानी दिने अभिव्यक्तिपनि अव नौलो रहेन । तर राजसंस्था पूनर्वहालीको लागि आव्ह्वान गर्दै महादान गर्ने अर्का एक युग पुरुषहरुको जमात आराध्यदेवको पशुपतिनाथको देश नेपालमै फेला परेको छ । देशमा राजतन्त्र पुनर्वहालीको माग गर्दै आएका अभियन्त सन्तोष सिलवाल नेतृत्वको देशभक्त युवाहरुको एक समुहले रक्तदान र चियापानको आयोजना गर्ने भएका छन् । देशभक्त युवाहरुको आयोजनामा हुने रक्तदान कार्यक्रम यहि कार्तिक १९ गते काठमाण्डौको भोजनगृह वैङ्गक्वेटमा रक्तदानको आयोजना हुने वताईएको छ । देशभक्त र राजभक्त युबाहरुलाई रक्तदान चियापान कार्यक्रममा स्वस्फूर्त ढंगले सहभागिता जनाउन कार्यक्रम संयोजक सन्तोष राजावादीले आव्ह्वान सम्त गरेका छन् । राजसंस्था पुनःस्थापना चाहने व्यक्तिहरुको बाक्लो उपस्थिती रहने कार्यक्रममा राजसंस्था पुनःस्थापनाको लागि सडक आन्दोलनको लागि गहन छलफलसमेत गरिने वताईएको छ । कार्यक्रम संयोजक राजावादी सन्तोष भन्छन् "देशमा गतिलो मियो नहुँदा देशमा अस्थिरता र भद्रगोल भयो । देश बचाउन र बनाउन राजाको विकल्प रहेन । त्यसैले भोलीको आन्दोलनको पूर्व तयारी स्वरुप यो रक्तदान आयोजना गरिएको हो ।"