काठमाडौं । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १९ करोड ७५ लाख ८४ हजार एक सय ३९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १७ करोड ४९ लाख ७९ हजार दुई सय ९६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ८६ करोड १९ लाख ३० हजार आठ सय १५ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ६३ अर्ब चार करोड सात लाख तीन हजार दुई सय १३ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख २६ हजार पाँच सय पाँच रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६१ करोड ७६ लाख ३६ हजार छ सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ३२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६२ अर्ब ८३ रोड ४३ लाख एक हजार एक सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब सात करोड ४९ लाख सात हजार दुई सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५१ करोड ८७ लाख ४१ हजार एक सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको थियो ।