काठमाडौं , सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको आरोपमा निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो। प्रहरीका अनुसार भुसाल केही समयदेखि निगरानीमा थिए। उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। प्रहरीले प्रारम्भिक रूपमा उनको सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अभिव्यक्ति सम्बन्धी सामग्रीको विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।