काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: ओरालो लागेको छ । अघिल्लो दिन आठ दशमलव २४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि २७ दशमलव ६४ अंकले ओरालो लागेर २५ सय ९५ दशमलव २४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९३ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ४६ हजार आठ सय ७५ पटकको कारोबारमा एक करोड तीन लाख ४३ हजार आठ सय ९८ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब १५ करोड सात लाख ६८ हजार नौं सय ३८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओालो लाग्दा बजार पुरै रातो देखिएको छ ।