काठमाडौं ,नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापाको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै सिटौलाले फेसबुक केन्द्रित पाँच प्रश्न थापामाथि राखेका थिए। उनले पार्टी सचिवालय मार्फत फेसबुकमा नेतालाई गाली गर्ने प्रचलन रोक्ने कि नगर्ने भन्नेबारे समेत प्रश्न उठाएका थिए। सिटौलाले महामन्त्री थापालाई सम्बोधन गर्दै भने, “तपाईँले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोज्नुभएको हो, फेसबुकबाट सभापति छान्ने हो? तपाईं आफू महामन्त्री हुनुहुन्छ भन्ने कुरा थाहा छ कि छैन?” सिटौलाले पार्टी बैठकभित्रै छलफल गर्नुपर्ने विषय बाहिर गएर फेसबुकमा लेख्न नलगाउने, र महामन्त्रीले आफ्नो चरित्र सुधार्नुपर्ने सुझाव पनि दिएका छन्।