काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस (युनाईटेड किंगडम एक्स्रीडिएसन सर्भिस)बाट मान्यता प्राप्त एमटिभो लिमिटेड, युकेबाट आईएसओ÷आईईसी २७००१ः२०२२को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ ।
कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधारमा आईएसओ/आईईसी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।
सन नेपाल लाइफले प्राप्त गर्यो आईएसओ–आईईसीको प्रमाणपत्र, उत्कृष्ट सूचना प्रणालीले बन्यो अब्बल आईएसओ/आईईसी २७००१ः२०२२को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तररुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।