काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ५२ लाख २३ हजार दुई सय ६८ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ७३ लाख ६१ हजार नौ सय ६६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा सात अर्ब ५९ करोड एक लाख ९१ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६६ करोड ३९ लाख ८८ हजार पाँच सय ८९ रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यस अवधिमा सात करोड २९ लाख ६२ हजार पाँच सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले छ अर्ब ५० करोड ६७ लाख ७९ हजार सात सय ७२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड ८१ लाख २१ हजार एक सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ११ लाख ५६ हजार नौ सय ९९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।