काठमाडौं । थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड (थाई)ले थ्रि–क्लासको सुविधासहित एयरबस ए३३०–३०० विमान सञ्चालनमा ल्याएको छ ।
यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्रि–क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलोपटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । यसले उडान भर्दै आएको बोइङ ७७७ (बोइङ–७७७) अपरेसनलाई प्रतिस्थापन गरेको छ । नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिष्कृत बनाउन सधैँ प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा ‘स्मुथ एज सिल्क’सहितको सेवा प्रदान गरिरहेको हो । कात्तिक ९ देखि थाई एयरवेज इन्टरनेसनलले दैनिक दुईपटक काठमाडौंमा उडान भर्दै आइरहेको छ ।
कम्पनीका अनुसार नयाँ एयरवस ३३०–३०० विमानमा कुल दुई सय ६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ, जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो । यसमा ३१ वटा प्रिमियम सिटहरु रहेका छन् । जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आइसल पहुँच र अधिक निजी वातावरण उपलब्ध छन् । यस्तै, ४८ वटा प्रिमियम इकनोमी सिट रहेका छन् । खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेस क्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ ।