काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले यसवर्षको सर्वाधिक बृहत्त सेल ११ दशमलव ११ अघि नै आफ्नो ब्रान्डेड सपिङ गन्तव्य दराज मलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । नयाँ दराज मल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै तीन गुणासम्मको क्यासब्याक अफर पनि उपलब्ध हुनेछ । यसले ग्राहकहरूलाई विश्वसनीय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ ।
कम्पनीका अनुसार दराज मल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल हो । यसमा फेसन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइललगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन् । दराज मलमा उपलब्ध लोकप्रिय ब्रान्डहरूमा सियाओमी, वानप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाइक र एडिडासलगायत रहेका छन् । नयाँ दराज मलको डिजाइनमा पर्पल रंगको प्रयोग गरिएको छ । दराज मलले मौलिक उत्पादन, आधिकारिक वारेन्टी र भरपर्दो बिक्रीपछिको सेवाको खोजी गर्ने ग्राहकहरूका लागि निरन्तर सुदृढ अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा भुक्तानीका लागि विभिन्न विकल्पहरू, बैंक कार्ड अफरहरू, ढोकादेखि ढोकासम्म डेलिभरी, प्राथमिक रिटर्न सेवा र प्रतिक्रियाशील ग्राहक समर्थनलगायत सुविधाहरु उपलब्ध रहेका छन् ।
आउँदै गरेको ११.११ मार्फत्, दराजमलले एक करोड ७० लाखभन्दा बढी ब्रान्डेड उत्पादनहरूसहित ग्राहकहरूका लागि नयाँ र रोमाञ्चक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ । तीन गुणासम्मको क्यासब्याकसहितको अथेन्टिसिटी ग्यारेन्टी, फ्रि डेलिभरी सुविधासहित विशेष ब्रान्ड अफरहरू ६० प्रतिशतसम्म छुट हुने फ्ल्यास भौचरहरू, दुई दिनमै डेलिभरी र १४ दिनसम्म उपलब्ध हुने सहज रिटर्न सुविधापनि उपलब्ध हुनेछ । कम्पनीका अनुसार विगतका तीन वर्षमा नेपालमा सेटाफिल ब्रान्डले दश गुणा वृद्धिदर हासिल गरेको छ । दराज मलमा केवल प्रमाणित तथा आधिकारिक ब्रान्डहरू मात्र संलग्न गरिन्छ । यसले अन्य अनधिकृत विक्रेताहरुका तुलनामा दराज मलले उपभोक्ताहरुका लागि स्वाभाविकरुपमा अधिक विश्वसनीयता प्रदान गर्ने जनाइएको छ । ब्रान्डहरूका लागि दराज मलले नेपालका ३० लाखभन्दा बढी ग्राहकहरू, वार्षिक क्याम्पेन क्यालेन्डर, सुपर ब्रान्ड डेलगायत विशेष बिक्री कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
साथै, दराज मलले ब्रान्डहरुको विकास तथा प्रवद्र्धनार्थ भ्यालु एडेड सर्भिस सुइटमार्फत ट्राफिक एक्सिलिरेसन, कन्भर्जन बुस्टिङ टुल्स, प्रिसिजियन मार्केटिङ, इन्फ्लुएन्सर रिचका साथै प्रोफेसनल ब्रान्ड सपोर्टलगायत सेवा तथा सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।