काठमाडौं । विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन् । उनले काठमाडौंबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (चार हजार छ सय ६० मिटर) सम्म यात्रा गरेका हुन् ।
यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै, चुनौतीपूर्ण भू–भागहरूमा समेत सहजरूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएको छ । ‘मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कुटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,’ श्रेष्ठले भने, ‘काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन ग¥यो । यसको स्मुथ पावर डेलिभरी, प्रभावशाली रेन्ज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र होइन, आनन्ददायी पनि बनायो ।’ कम्पनीका अनुसार श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले देखाउँछ कि ईभीहरू सहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् । ‘यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ’, उनले थपे ।