काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ६४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १२ दशमलव १७ अंकले उकालो लागेर २६ सय सात दशमलव ४२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर चार सय ५३ दशमलव ६० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ४२ हजार आठ सय ७९ पटककको कारोबारमा ९२ लाख १८ हजार आठ सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ६८ करोड १९ लाख २२ हजार आठ सय १४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेकाछन् ।