काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यही कात्तिक १८ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट पाँच प्रतिशत बोनस सेयर वितरण गर्नै घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।