काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही मंसिर १२ गते काठमाडौंको बत्तिसपुतलीमा आफ्नो १९औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशतका दरले हुन आउने तीन करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँबराबरको नगद लाभांश र पाँच प्रतिशतका दरले हुन आउने ७३ करोड ८४ लाख ५० हजार छ सय ४८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।