काठमाडौं । ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार ९आज र भोलि० भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउने स्वास्थ्य विभागले जनाएको छ ।