काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईआ)े सुजित कुमार शाक्यले पदभार ग्रहण गरेका छन् । शाक्यले बिहीबारबाट पदभार ग्रहण गरेका हुन् ।
नेपालको बैंकिङ क्षेत्रमा झन्डै तीन दशकदेखि विशिष्ट योगदान पु¥याउँदै आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एसिया नेपाल लि.मा बिजनेस बैंकिङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालीन बैंक अफ एसिया नेपाल र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एसिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तत्कालीन सिभिल बैंक, तत्कालीन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
प्रमुख कार्यकारी शाक्यको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ अनुभवका कारण यस बैंकले उनको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी तथा परिणाममुखी अभ्यास गर्दै उनको दूरदृष्टि र नेतृत्वले बैंकले थप सफलता प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्याउने विश्वास बैंकले लिएको छ ।