काठमाडौं । केन्द्रमा राजनीतिक दलहरु विभाजन र एकताको प्रत्यक्ष असर मधेश प्रदेशमा पर्दा गठन भएको २५ दिनमै जितेन्द्र सोनल नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत नपाउने निश्चित भएपछि सोनलले दिएको राजीनामा शनिबार नै स्वीकृत भएको छ । अब उक्त प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।
प्रचण्ड नेतृत्वको माओवादीले विभिन्न दललाई आफ्नो पार्टीमा एकीकृत गर्दा उक्त माओवादी विभाजन हुन पुगेको छ भने जनमतलगायतका दलको विभाजन तथा भ्रष्टाचारको मुद्दाले जनता समाजवादीका सांसद निलम्बनमा परेको कारण विश्वासको मत नआउने पक्का भएपछि मतविभाजन प्रक्रिया सुरु भएपछि सोनलले राजीनामा घोषणा गरेपछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।
अब मधेशमा नेकपा एमाले र काँग्रेसको मिलीजुली सरकार बन्ने वा एमालेको अल्पमतको सरकार बन्ने भन्नेमा विवाद पनि कायम छ । सोनलले पनि नयाँ सरकार गठनका लागि आफैँले पहल गर्ने दाबी गरेका छन् ।