काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
जसअनुसार कम्पनीले आव २०८१/८२को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले मंसिर २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले हालसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो । साथै जलविद्युत कम्पनीहरुमध्ये पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सबैभन्दा धेरै हो ।