काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दिवार भट्टराई नियुक्त भएका छन् । एनआईसी एसिया बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भट्टराईलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा लघुवित्त वित्तीय संस्थाको यही कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाईसंस्थाको आगामी वार्षिक साधारणसभासम्मको लागि सञ्चालकमा नियुक्त गरेको हो ।