काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ।उक्त बैठकले मधेश प्रदेश प्रमुखको रिक्त पदमा सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। सरकारका अनुसार नयाँ नियुक्ति प्रक्रिया राष्ट्रपति अनुमोदनपछि औपचारिक रुपमा प्रभावकारी हुनेछ।