काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको शिवम् सिमेन्टले बक्यौता रकमको पहिलो किस्ता नेपाल विद्युत् प्राधिकरणलाई तिरेको छ । मकवानपुरको हैटौँडामा सञ्चालित शिवम् सिमेन्टले विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको हो ।
पहिलो किस्ता तिरेपछि गत कात्तिक ४ गते काटिएको विद्युत् लाइन पनि जडान गरिएको छ । शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । शिवम्को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्ले दुई करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।