काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यो सम्झौतापश्चात् यस बैंकका ग्राहकहरूले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरू लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यस बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् । उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।