काठमाडौं । शेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । यसअघि लगातार ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार तीन दशमलव २१ अंकले उकालो लागेर २५ सय ६५ दशमलव १६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ३७ बिन्दुमा खुम्चिएको छ । आज तीन सय २७ वटा कम्पनीहरुको ५५ हजार छ सय ३२ पटकको कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार एक सय १० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फार्ईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।