काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो २४औँ वार्षिकोत्सव मनाएको जानकारी दिएको छ । मंगलबार आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो ।
साथै फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र बचतकर्ताको उपस्थितिमा केक काटेर खुसियाली मनाइएको जानकारी पनि फाइनान्सले दिएको छ । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा वृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ । साथै समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक–अर्कामा गाभिने प्रक्रियामा रहेको छ ।