काठमाडौं । लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोहीलाई सम्मान गरेको छ । बैंकसँग स्थापनाकालदेखि नै निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा बैंकले आइतबार सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान गरेका हुन् । कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा विगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंक लि.मा ‘निरन्तर सहयात्री’ बनी आबद्ध रहेका छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१औँ पटक आरोहण गरेको जानकारी दिए । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंक लि.सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ ।