काठमाडौं : गत भाद्र २३ गते जेन जी समुहको आन्दोलन सुरु भएकै दिन नेपालमा अमेरिकी सेनाको जहाज आएको पाइएको छ । अमेरिकी सेनाको सो जहाज भाद्र २३ गते काठमाडौं आएर भोलिपल्टै अर्थात भाद्र २४ गते फर्किएको थियो । नेपालमा भाद्र २३ र २४ गते दुई दिन जेन जी समुहले आन्दोलन गरेर एमाले अध्यक्ष केपी ओलीको सरकारलाई अपदस्त गरेका थिए । तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवासबाटै राजिनामा दिएर भाग्नुपर्ने गरी भएको आन्दोलन कै समयमा अमेरिकी सेनाको जहाज आएर जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।