काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नार्गाजुन नगरपालिकामा छापा मारेको छ । श्रोतका अनुसार उक्त नगरपालिकामा उपप्रमुख सुशिला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालसहितको मिलेमतोमा भएको औषधी खरिद सम्वन्धी अनियमिता प्रकरणमा आयोगको टोलीले छापा मारेको हो ।
बिगतमा पनि उक्त नगरपालिका धेरै अनियमितता हुने गरेको र अहिले पनि औषधी खरिदमा अनियमितता भएको आशंकमा आयोगले छापा मारेको हो । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले पनि नार्गाजुन नगरपालिका छापा हानेको सत्य भएको बताए । आयोगले केही बिषयहरु आएपछि छापा हानेको त्यसको जानकारी आयोगको टोली फर्किएपछि आउँछ, प्रवक्ता पौडेलले भने ।