निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि तोकिएको समय पाँच दिन थप गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीलगायत सरोकारवाला पक्षबाट समय थप्न आएका सुझाव र दर्ता गराउनेहरूको बढ्दो चापका कारण म्याद थप गरिएको हो। प्रधानमन्त्री र गृहमन्त्रीबाट पनि थप समय दिन सुझाव आएपछि पाँच दिन म्याद थप गरेको पाइएको छ । यसअघि सरकारले ३० कात्तिकसम्म दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै अब ५ मंसिरसम्म देशभरका नामावली संकलन केन्द्रहरूमा मतदाता नामावली दर्ता गराउन सकिनेछ।