काठमाडौं, भदौ १५ अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा छ करोड २० लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ११ लाख ९६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १५ रुपैयाँ ९७ पैसा रहेको छ ।