बझाङको साईपाल गाउँपालिका–३ काँडामा होमस्टेलाई व्यावसायिक र दिगो रूपमा सञ्चालन गर्न तीनदिने ‘होमस्टे व्यवस्थापन तालिम’ संचालन गरिएको छ ।नेपाल पर्यटन बोर्ड, यूएनडीपीको दिगो पर्यटन परियोजना (एसटीपी), साईपाल गाउँपालिका र साहरा नेपाल बझाङको सहकार्यमा बिहीबारदेखी शनिबारसम्म तालिम सञ्चालन गरिएको हो । साईपाललाई ‘भविष्यको प्रमुख ग्रामीण गन्तव्य’ बनाउन होमस्टेहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए ।
तालिममा ११ महिलासहित २१ जनाले सहभागिता जनाएका थिए । तालिममा महिला उल्लेख्य महिला सहभागिताले पनि ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको देखाएको छ । तालिममा कसरी पाहुनालाई स्वागत गर्ने, कसरी स्थानीय खानालाई आकर्षक रूपमा पस्कने, कति मूल्य लिने र कसरी आफ्नो घरलाई पर्यटक–मैत्री बनाउने भन्ने विषयमा सहभागीहरुलाई सिकाइएको थियो ।