काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४औंं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ९० रुपैयाँमा पाँच प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर तथा पाँच दशमलव ५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार नौ सय पाँच रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।