काठमाडौ । भिभो नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ । यस महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले पुनः क्यानसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको हो ।
भिभोले यो साझेदारीसम्बन्धी घोषणा आफ्नो र एनपीएलको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ, यसले प्रतियोगिता सुरु हुनुअघि नै क्रिकेटप्रेमीहरूमा थप ऊर्जा, रोमाञ्च र अपेक्षा भरिदिएको छ । पहिलो संस्करणको उल्लेखनीय सफलतापछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मकताका साथ सोमबारदेखि नै प्रारम्भ हुँदैछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले यी २७ दिन नेपाली क्रिकेटको इतिहासमा नयाँ उत्सवका रूपमा हेरिने अपेक्षा गरिएको छ ।
भिभोले यस साझेदारीमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता पुनः दोहो¥याएको छ । अत्याधुनिक प्रविधि, नवाचार र फ्यान–केन्द्रित गतिविधिहरूका माध्यमबाट भिभोले यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ सशक्त, नजिक र जीवन्त बनाउन लक्ष्य लिएको छ ।