काठमाडौ । आईसिटी अवार्ड २०२५को ग्रान्ड जुरी सम्पन्न भएको छ । हालै काठमाडौंको अनुपम फुडल्यान्डमा ग्रान्ड जुरी सम्पन्न भएको हो । कार्यक्रममा आईसिटी अवार्ड २०२५का स्टार्ट–अप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसनका सेमिफाइनलिस्टहरूले आफ्नो प्रस्तुति दिएका थिए ।
विज्ञ जुरीसमक्ष आफ्नो प्रस्तुति दिएपछि सेमिफाइनलिस्टहरू स्पिड डेटिङमा सहभागी भएका थिए, जहाँ जुरीसँग ‘वान टु वान’ कुराकानी भएको थियो । आईसिटी अवार्ड २०२५को विज्ञ जुरी सदस्यमा आईसिटी विज्ञ हेमपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका एसोसिएट डीन प्राडा बालकृष्ण बाल, नेपाल खुला विश्वविद्यालयका स्कुल अफ टेक्नोलोजीका प्रमुख डा. भोजराज घिमिरे, सगरमाथा कलेजकी एशोसिएट प्रोफेसर गंगा सुब्बा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक डा. प्रदीप पौड्याल रहेका छन् ।
यस्तै द एसिया फाउन्डेसनका प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापित, नेपाल शान्ति प्रतिष्ठानकी कार्यकारी सदस्य सजना महर्जन अमात्य, राष्ट्रिय इन्नोभेसन सेन्टरका टिम लिड सञ्जय पौडेल, एनआई क्यापिटलका संस्थापक शिशिर पछाईं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सुवास ढकाल, स्वीस सरकार विकास सहयोग नेपाल इन्नोभेसन तथा डिजिटलाइजेसन क्षेत्रकी राष्ट्रिय कार्यक्रम अधिकृत स्नेहा भट्टराई, ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेल र दूरसञ्चार विज्ञ विशालमणि उपाध्याय जुरीमा रहेका छन् । ग्रान्ड जुरी सेसनपछि अब केही दिनमै स्टार्ट–अप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिस्टहरूमध्येबाट अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरिनेछ ।
यसअघि सेमिफाइनलिस्टको रूपमा उत्कृष्ट १२ स्टार्ट–अपहरुमा आर्कबो टेक्नोलोजिज, एटीएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल, इलाट्स लजिस्टिक, फास्टो नेपाल, म्याक ट्वान्टी फोर अर्विट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोट्र्स परेका थिए । त्यसैगरी उत्कृष्ट १२ प्रडक्टहरुमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डीडब्ल्यूएम, र्आइएलटीएस पल्स, आइफाभेन्ड, लुंगा ई–कमर्स विथ ईआरपी, मिरागो, माइ क्यूआर, क्यूक सीसीए, टुना डायरी ईआरपी, वायुदृष्टि पनि उत्कृष्ट १२को सूचीमा पर्न सफल भएका थिए । उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरुमा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थकेयर, कानुन एआई, माइन्ड ब्रिज, पी सेतु, फूलबारी, प्ले काउन्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक र भक्स भिजन परेका थिए । उत्कृष्ट सोसल इन्नोभेसनमा छौगो जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्यूसी नेपाल, कताहो डिजिटल एड्रेस, आईडीएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक, वायुदृष्टि परेका थिए ।
ग्रान्ड जुरी सेसन हुनुअघि आईसीटी अवार्ड २०२५को प्रि–इभेन्टको रूपमा सनवे स्टार्ट–अप एण्ड आईडिया फेस्ट, ट्रेनिङ र मेन्टरिङ सेसन सम्पन्न भइसकेका छन् । अब यी प्रिइभेन्टहरू विशेष एपीसोडको रूपमा मंसिर ३ गतेदेखि हिमालय टिभीमा समेत प्रसारण हुनेछन् । सन् २०१६ देखि सुरू भएको आईसीटी अवार्ड नेपालको सबैभन्दा ठूलो टेक र प्रतिष्ठित अवार्ड हो । यस वर्ष आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ४ गते शुक्रबार हुनेछ, जहाँ विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ ।